समाचार

थप उपचारका लागि अध्यक्ष सिरोहीयालाई ल्याईयो काठमाडौं, मिडसिटी अस्पतालमा उपचार हुने

१५ जेठ, काठमाडौं । कान्तिपुर समूहका अध्यक्ष कैलास सिरोहीयालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । उनलाई हेलिकप्टेरबाट काठमाडौं ल्याईएको हो । सिरोहीयाको थप उपचार ललितपुरस्थीत मिडसिटी अस्पतालमा हुने बताईएको छ । कैलाश सिरोहीयालाई धनुषास्थीत काब्या अस्पतालमा उपचार गरिरहिएको भएपनि आज बिहानको डाक्टरको सल्लाहअनुसार काठमाडौं ल्याईएको हो । कानून व्यवशायी किशोर पौडेलले सिरोहीयालाई अस्पतालमा डाईरेक्ट उपचारका लागि ल्याईएको बताएका छन् ।
जिल्ला अदालतले खादेश दिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। जिल्ला अदालतले भनेको छ, ‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’
उनलालाई थप दिनदिन हिराशतमा राख्न अदालतले आदेश दिएको थियो । बुधबार उनको म्यादको तीन दिन पुग्छ ।