१६ जेठ, काठमडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिनौंसम्म संसद अवरुद्ध गर्ने, समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ भनेका छन् ।
सहकारी विवाद र सम्झौता प्रकरणमा नेपाली काँग्रेससहितका विपक्षी दलहरुले गलत रुपमा जनतालाई झुक्याएर हावादारी सम्झौता गरेको आरोप लगाएका छन् ।
उनको ट्वीटः
सहकारी विवाद र सम्झौता प्रकरणः
यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने, समय वर्वाद गर्ने र करोडौं व्यय गराउने काँग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो।