साहित्य

लालबन्दी नगर वाङ्मय पुरस्कार २०८१ अखण्ड भण्डारीको ‘बोरा’लाई

११ भदौ, काठमाडौं । सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषदले प्रदान गर्ने पुरस्कार लालबन्दी नगर वाङ्मय पुरस्कार २०८१ अखण्ड भण्डारीको उपन्यास ‘बोरा’लाई दिइने घोषणा भएको छ ।

परिषदका अध्यक्ष अच्युत अधिकारीले सार्वजनिक गरेको सूचनाअनुसार स्वतन्त्र विज्ञहरुले पुरस्कार तथा सम्मान छनौट गरेका हुन् । यो भण्डारीको दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास ‘मलाया एक्सप्रेस’ हो ।

यस्तै, साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार २०८१ रोचक घिमिरे तथा स्थानिय प्रतिभा पुरस्कार शङ्कर श्रेष्ठलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि क्रमशः ५० हजार, ५० हजार र २५ हजार रुपैयाँ रहेको छ ।

२०८१ मंसिर १५ गते लालबन्दीको नगरकार्यपालिका भवनमा प्रदान गरिने भएको छ ।