आर्थिक

सानिमा बैंकले C.G Digital Pvt. Ltd. सँग सहकार्य

९ असोज, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न C.G Digital Pvt. Ltd. मा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (QR code) मार्फत C.G Digital Pvt. Ltd. मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा रु. १,००० बराबरको अबकज दबअप८ को व्यवस्था पनि गरेको छ । (cash back न्यूनतम. ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।)
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।