आर्थिक

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

११ असोज, काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।