समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश

१५ असोज, काठमाडौँ । अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो ।

उनलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए । अदालतको यो आदेशसँगै प्रसाईं आजै धरौटी बुझाएर रिहा हुने भएका हुन् ।

प्रसाईँका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुई वटा मुद्दामा ५०\५० हजार धरौटीमा छाड्ने आदेश भएको बताए ।