आर्थिक

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

२२ असोज, काठमाडौँ । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५,००,००० (अक्षेरेपी पच्चीस लाख मात्र) सहयोग गरेको छ ।

मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।