समाचार

मनाङेले सुनाए मोवाइल अफ गर्नुको कारण, फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने

२३ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यन मार्ने उद्योगमा दोषी ठहर भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले अदालतबाट फैसलाको पूर्णपाठ भएपछि मात्रै अदालतमा उपस्थित हुने स्पष्ट पारेका छन् । उनले सर्वोच्चको फैसला आएको कुरा आफूले आफ्ना कानून व्यवसायीहरुबाट थाहा पाएको जानकारी गराएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले अदालतको फैसलाको पूर्णपाठ आउप्छि आफू उपस्थित् हुने जानकारी गराएका हुन् । यो बीचमा मोवाइएल अफ गर्नुको कारण भने गुणस्तरहीन सञ्चार माध्यमबाट तारन्तार कल आउनु भएको कारण देखाएका छन् ।
सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।