२८ कत्तिक, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले प्रहरी अनुसंधानका लागि सघाउन प्रहरी कार्यालय गएको बताएका छन् ।
प्रहरी कार्यालयमा आज गएका पूर्वमन्त्रीसमेत रहेका नेता गुरुगंले आफू कुनै अपराधी नभएको बताउँदै प्रहरी अनुसंधानमा जहिल्यै पनि सघाउने र प्रहरीले बोलाए उपस्थिति हुुने दाबी गरेका छन् ।
उनले सुर्यखबबरसँग कुरा गर्दै आफूले नै संसदमा उभिएर सहकारीसम्बन्धी आएका प्रश्नहरुलाई ािराकरण गर्न सहकारी गगीसम्बन्धी छानविन गर्न माग गरेको बताउँदै प्रहरीको अनुसंधान जायज भएको दाबी गरे ।
प्रहरीले जोसुकैलाई छानविन गर्न पाउने बताउँदै आफुलाई छानविनको दायरामा ल्याउँदा कुनै गलत नभएको मोवाईल कुराकानीमा बताए । उपसभापति गुरुगं प्रहरीसँग कुराकानी गर्न आज दिउँसो प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो गएका थिए ।
रवि लामिछाने तथा राश्वपाका नेता कार्यकर्ताले धाराज गुरुगंमाथी सहकारी सम्बन्धी बिषयमा छानविन नगरेको बताउँदै आएको अवस्थामा काँग्रेसकै नेता रमेश लेखक गृहमन्त्री भएका बेला नै नेपाली काँग्रेसका उच्च तहका नेता गुरुगंमाथी प्रहरीले अनुसंधान गर्न शुरु गरेको देखिन्छ । उनकी पूर्व पत्नी ज्योती गुरुगंबिरुद्ध रेडकर्नर नोटिस जारी भईसकेको छ भने अन्य ब्यक्तीहरुमाथीपनि प्रहरीको निगरानी छ ।