समाचार

मर्मत गरिँदै खानेपानीका पाइपलाइन

१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले केही दिन अघि पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण गर्न निर्देशन दिएको थिए ।

केयुकेएलको टोलीले उपत्यकाका अनामनगर, पुरानोबानेश्वर, नक्साल क्षेत्र, पानीपोखरी, कालीमाटी, त्रिपुरेश्वर, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, जाउलाखेल, मानभवन, लगनखेललगायत क्षेत्रमा फुटेका पाइपलाइन मर्मत गरी पानी सञ्चालन गरेको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।