१४ मङ्सिर, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ ।
सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: लिने गर्ने गरी आजलाई सकिएको हो ।
जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।