१६ मङ्सिर, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ । सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री लामिछानेको बयान जारी रहेको हो । यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिईएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ ।