१६ मङ्सिर, काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म उपनिर्वाचन भइरहेका देशैभरका स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।