समाचार

प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक सुरु

१६ मङ्सिर, काठमाडौँ । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन् । सिंहदरबारमा  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

भोलीबाट चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

भोलीदेखि हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केन्द्रीत रहेर छलफल हुने बताईएको छ ।