समाचार

पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

१७ मङ्सिर, रूकुम । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादीको केन्द्र की नरपुरा बुढा विजयी भएकी छन् ।

यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएकी हुन् ।

बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गरीन् । बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गरेकी हुन् ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा माओवादी केन्द्रका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् ।