राजनीति

कीर्तिपुरमा साख जोगाउँदै काँग्रेस विजयी, दोस्रोमा माओवादी, एमाले तेस्रो

१७ मङ्सिर, काठमाडौँ । उपनिर्वाचन सकिने बित्तिकै सुरु भएको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णमान डङ्गोलले पाँच हजार ३३४ मत ल्याएर विजयी भएका छन् । 

यसअघि नेपाली काँग्रेसले नै विजयी भएको अवस्थामा पार्टीलाई साख जोगाउन धौ धौ भएका बेला काँग्रेसले आफ्नो जोगाउन सफल हुने निश्चित देखिएको छ । १० वटा वडामा अब कीर्तिपुरको वडा नम्बर १० को मतगणनाको परिणाम मात्र आउन बाँकी भएका बेला एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले चार हजार ३२७ मत ल्याएका छन् । 

सुरुमा एमालेलाई पछ्याइरहेको माओवादीले अन्तिम मतगणनामा एमालेलाई धेरै नै मतान्तरले उछिन्दै निकटतम प्रतिद्वन्द्वी बन्न सफल भएको छ । माओवादीका तर्फबाट  प्रा. डा. शिव सरण महर्जनले चार हजार ५५५ मत ल्याएका छन् । देशभरको मतगणना परिणाममा कतै नकारात्मक असर परे पनि रणनीतिक रूपमा अर्थपूर्ण रहेको कीर्तिपुरको निर्वाचनलाई काँग्रेसले आफ्नो प्रतिष्ठाको विषयको रूपमा हेरेको अवस्थामा परिणाम सकारात्मक आउनु काँग्रेसको २०८४ सालको निर्वाचनका लागि सकारात्मक भएको विश्लेषकहरूले बताउन थालेका छन् ।  मतान्तर ७५२ रहेको छ । 

एमाले र माओवादीले पनि कीर्तिपुरमा विजय हाँशिल गर्न न्वारानदेखिको बल लगाएको चुनावी गतिविधि हेर्दा सहजै आङ्कलन गर्न सकिन्छ । तेस्रो स्थान कायम गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् । प्रधानमन्त्री ओली आजै चीन भ्रमणमा गएका बेला कीर्तिपुरको नतिजा आएको अवस्था छ ।  स्वतन्त्र उम्मेद्वार राजमान महर्जनले २ हजार २६ मत ल्याएका छन् यस अघि राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर विजयी भएका थिए । कीर्तिपुरका दुईवटै वडामा भएको निर्बाचनमा काँग्रेस यसअघि विजयी भईसकेको छ ।