२१ मङ्सिर, मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त भएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासमेत उपस्थित थिए ।
दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले पूर्णता पाएको छ ।