अन्तर्राष्ट्रिय

श्रीलङ्काद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलरमा पु¥याउने लक्ष्य

३ पुस, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलङ्का सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५।१ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताएको छन् ।

दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ सँगको तलबमा कर छुटको सीमा एक लाख करिब ३४५ अमेरिकी डलर बाट बढाएर एक लाख ५० हजार करिब ५१७ डलर पु¥याउने सहमति भएको बताए ।

उनले आईएमएफले सेवा निर्यातमा लाग्ने कर हालको ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पु¥याउन सहमत भएको जानकारी दिए ।

उनले थपे,“सरकारले सन् २०२५ फागुन १ देखि व्यक्तिगत प्रयोजनका लागि सवारी साधन आयात गर्न दिने निर्णय गरेको छ । यात्रु बस र विशेष प्रयोजनका सवारीसाधनमाथिको आयात प्रतिबन्ध मङ्सिर १४ गतेअघि नै फुकुवा भइसकेको छ ।”