अन्तर्राष्ट्रिय

जर्मनीमा क्रिसमसमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते

६ पुस, जर्मनी, । जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उहाँले ‘भयानक आक्रमण’को निन्दा गरेका छन्।

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो ।

चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरे ।

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

चान्सलरले भने, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरूद्ध हतियारहरूको पयोग गर्छौँं, के यो घृणा होइन ?

उनले भने, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”