प्रदेश 1

हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

६ पुस, सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताएका छन्। आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा उहाँले सो कुरा बताएको हो ।

लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उनले बताए । उनले भने,“जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ ।”