७ पुस, काठमाडौँ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा साई स्वागत सहकारी पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन् ।
काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई पक्राउ गरिएको बताइएको छ ।
उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने स्रोतले जनाएको छ ।