७ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा पनि अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पदको निलम्बन माग गरिएको हो ।
आज अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।





