समाचार

सहकारी ठगी प्रकरण: जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

७ पुस, काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सहकारीको रकम अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।