राजनीति

आफ्नो बारेमा मात्र चिन्ता गरेर राजनीति चल्दैन, बीपीको विचारमा अडिएर अगाडि बढ्नुपर्छ : कांग्रेस नेता डा. कोइराला

१० पुस, भक्तपुर । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति नचल्ने दाबी गरेका छन् ।

आज नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले कुनैपनि नेताले बीपी कोइरालाको विचार जसरी अडिएर अगाडि बढ्नपर्ने सुझाव दिएका छन् ।

नेपाली काँग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको स्मृतिका अवशरमा गरेको कार्यक्रममा बोल्दै काँग्रेसका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य डा कोईरालाले भने “हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ, मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन ।’,’

डा कोईराला प्रमेख अतिथी रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् सम्पर्क समिति विभाग प्रमुख नानु बास्तोला, रामेछाप जिल्ला सभापति कान्छाराम तामागंलगायत रामेछापबाट काठमाडौंआई बसोवास गर्ने काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।