१४ पुस, मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढीसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताए ।
मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताए । उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखे । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो ।