अन्तर्राष्ट्रिय

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

१६ पुस, नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ स्प्याडेक्स सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा एकअर्कासँग जोडिन्छन् ।

उक्त मिशन अन्तर्गत ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहन पिएसएलभी–सी६० दुई उपग्रह, एसडीएक्स०१ चेजर तथा एसडीएक्स०२ लक्ष्य सोमबार बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण गरिएको हो ।

“पिएसएलभी–सी६० ले स्प्याडेक्स र २४ पेलोडहरू सफलतापूर्वक प्रक्षेपण गर्यो,“ इसरोले सामाजिक सञ्जालमा उल्लेख गर्यो ।

स्प्याडेक्स मिशनमा पिएसएलभी–सी६० द्वारा प्रक्षेपण गरिएको दुई साना अन्तरिक्ष यानहरू समावेश छन् ।

दुबै अन्तरिक्ष यानलाई अब आगामी १० दिनमा, सम्भवतः जनवरी ७ मा स्पेस डकिङ हासिल गर्न निर्देशन दिइनेछ ।

इसरोका अनुसार स्प्याडेक्स भविष्यमा मानव अन्तरिक्ष उडान तथा उपग्रह सेवा मिसनहरूको लागि एक महत्वपूर्ण प्रविधि हो ।