आर्थिक

बढ्यो पेट्रोल-डिजेलको मूल्य, कति पुग्यो?

१६ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १.०९ र डिजेल र मट्टीतेलमा २.२२ ले बढेको छ ।

हवाई इन्धनतर्फ प्रतिलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर १५ डलर मूल्य घटाइएको छ ।