राजनीति

रावलले आक्रोशित हुँदै भनेः भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गर्ने ओलीले समाजबाद लयाउँछन् भनेर पत्याउनुपर्ने ?

१७ पुस, काठमाडौँ । केहीदिन अगाडी एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो बताएका हुन् । वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाएका हुन् ।

एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ? भन्दै प्रश्न समेत गरेका छन् ।

“मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?” रावलको प्रश्न छ ।