९ पौष, काठमाडौँ । नेकपा एमालेको आज बसेको केन्द्रीय समितिको बैठकले पुर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय पुनबिचार गर्न ध्यानार्कषण गराएको छ । रावललाई फिर्ता नबोलाए एमाले डुब्ने चेतावनी समेत दिएका छन् ।
बैठकमा सहभागी नेताहरुले यो निर्णय नसच्याउँदा पार्टीलाई नै क्षति हुने जोड दिएका छन् ।
‘कांग्रेसमा सभापतिसँग चुनाव हार्नेले राष्ट्रपति पाएका छन्, कोही मन्त्री छन् । हाम्रो यस्तो नगरौं भन्ने उहाँहरू दुवै जनाको माग थियो’, बैठकमा बोल्दै झपट रावल र प्रकाश बहादुर शाहले यस्तो भनेका हुन् ।
‘यो निर्णय नसच्याउँदा पार्टीलाई क्षति हुन्छ । अझै पनि समय छ, पुनर्विचार गरौं’, उनीहरूको माग थियो ।