२२ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्कएका छन् ।
एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए । मकवानपुर निवासी उनी संविधानसभा सदस्य थिए ।