राजनीति

सरकार एमालेको नेतृत्वमा भएपनि देशलाई अघि बढाउने सन्दर्भमा कांग्रेस कै नेतृत्व छ : नेता सिटौला

२४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेका नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दाबी गरेका छन् ।

२४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेका नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दाबी गरेका छन् ।

आज झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेसको नीतिगत नेतृत्व रहनेछ उनले बताएका छन् ।

‘ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ । स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ ‘हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेसको नीतिगत नेतृत्व रहनेछ ।’ उनले भने ।