समाचार

प्रधानमन्त्री आलीले आफ्नै तारिफ गर्दै भने- केपी ओली साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ

२५ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एमाले र आफूलाई सिध्याउने मान्छेहरुलाई झिंगाले सरापेर डिंगा नमर्ने जिकिर गरेका छन् ।

आज काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा बोल्दै उनले आफ्नै मूल्याङ्कन गर्दै आफू इमानदारिताका साथ काम गर्ने एउटा साधारण मान्छे भएको बताएका छन् ।

“केपी ओली को ? को ? यति पनि बिर्सने भए यहाँ । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्, को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्ने मान्छे हो ।” उनले बताए ।

“एमाले कुनै अस्तित्वमा छैन पनि भने । के भनेको हो ? झिंगाले सराप्दा डिंगा मर्दैन । झिंगाले मरिहाल्यो भन्छ तर त्यसले सरापेर गाइभैंसी मर्दैन, त्यस्तै हो ।” उनले भने