समाचार

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

२५ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारको टोलीले सापकोटालाई गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयबाट १ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।