२५ पौष, काठमाडौं । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेतले रवि लामिछानेसहितलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रतिकृया दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै अदालतको आदेश मान्नुपर्ने बताउँदै र यो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने र पीडितहरू अझै पीडित हुने पीडकहरू अझ उत्साहित भएर ठगीकार्यमा संलग्न हुने स्थिति देखिन्छ भनेका छन् ।
उनले यती गम्भीर प्रकृतिको मुद्दामा पूर्वपक्ष नहानेको सायद यो पहिलो घटना हो। यो भन्दा अगाडि यस्तै प्रकृतिका योभन्दा निकै कमजोर मुद्दामा कास्की जिल्ला अदालतले नै आरोपीहरुलाई पूर्वपक्षमा राखेको नजिर छ भनेका छन् ।
उनी लेख्छन्ः
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने लगायतलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएछ । यती गम्भीर प्रकृतिको मुद्दामा पूर्वपक्ष नहानेको सायद यो पहिलो घटना हो। यो भन्दा अगाडि यस्तै प्रकृतिका योभन्दा निकै कमजोर मुद्दामा कास्की जिल्ला अदालतले नै आरोपीहरुलाई पूर्वपक्षमा राखेको नजिर छ। अदालतको फैसलाको सम्मान गर्नैपर्छ। तर यो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने र पीडितहरू अझै पीडित हुने पीडकहरू अझ उत्साहित भएर ठगीकार्यमा संलग्न हुने स्थिति देखिन्छ।