२ माघ, सोल । दक्षीण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार सम्बन्धी अनुसंधानका लागि त्यहाँस्थीत भ्रष्टाचार अनुसंधान कार्यालयले उनलाई पक्राउ गरेको बताईएको छ ।
यसअघि पनि पक्राउ प्रयास भएक्धो थियो तर बिबिध कारणले राष्ट्रपति पक्राउ पर्न सकेका थिएनन् । बहालवाला राष्ट्रपतिथ पक्राउ पर्नु विश्वमा नै कमै दृष्टान्तहरु छन् ।
पछिल्लो समयमा राष्ट्रपति युन सुक योल पार्टीभित्र तथा बाहिरका शक्तीका कारण राजनीतिक घेरामन्दीमा देखिएका छन् । उनले ल्याएको पछिल्लो अधयादेश पनि अन्तर पार्टी तथा बिपक्षीहरुको विरोधका कारण फिर्ता लिनुपरेको थियो । राष्ट्रपतिलाई पक्राउ परेपछि उनी स्वतः निलम्बन हुने गर्दछन् । यसअघि पनि शक्तीसाली ब्यक्तीहरु पक्राउ पर्ने दृष्टान्त भएपनि राष्ट्रपति नै पक्राउ पर्ने दृष्टान्त कमै छन् ।