२ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघले उपकुलपति प्रा. डा. केशर जंग बराल, रेक्टर प्रा. डा. खड्ग केसी तथा रजिस्टार प्रा. डा. केदार रिजालको राजीनामा मागेको छ।
क्लेजहरुमा प्रमुख नियुक्त गर्दा मेरिटोक्रेसीको आधारमा भन्दा पार्टीगत भागबण्डामा नियुक्त गरेको भन्दै नेपाल विद्यार्थी संघको उक्त नियुक्ती प्रति असनतुष्टी जनाउँदै राजनीनामा माग गरिएको हो । उपकुलपतिको ढोकामा तेरो मेरिटोकेस्री खोई भन्दै उपकुलपतिको नेमप्लेटको छेउमा विरोध गरिएको छ ।
केहीदिन अगाडीमात्र २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ती गरेको अवस्था छ । उपकुलती, रेक्टर, रजिस्टार्ड, डिन, निर्देशक तथा बिभागीय प्रमुख नियुक्तीमा ब्यापक विवाद भईरहेको अवस्थामा पछिल्लो समयमा क्याम्पस प्रमुख नियुक्ती भएको अवस्थामा नेविसंघ पछिल्लो समय कडा रुपमा प्रस्तुत भएको हो ।
