२२ माघ, सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा न्यू होराइजन बुटवल विजयी भएको छ ।
बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एकसय ५७ रनको योगफल बनाएको थियो । होराइजनका लागि दीपक डुम्रेले ४५ रन बनाए । यस्तै आरिफ खानले ४१, कप्तान दिलीप नाथ र प्रतीक श्रेष्ठले समान २० रन जोडे । बलिङतर्फ दशरथका लागि कप्तान भुवन कार्कीले दुई, खडक बोहरा, सलाउदिन खानले र रूपेसले एक÷एक विकेट लिए ।
एकसय ५८ रनको विजयी लक्ष्य पछ्याएको दशरथचन्द एकेडेमी १४ दशमलव पाँच ओभर खेलेर एकसय छ रनमै समेटिन पुग्यो । दशरथका लागि वसन्त खत्रीले २० रन जोडे । हिमाल दौल्यालले १९, सुमित बुडालले १४ र दिवान पुनले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बलिङतर्फ तुलबहादुर थापाले तीन, विपर्सन केसी र बीर मगरले दुई÷दुई, महेश भार, सिद्धान्त शाही र निर्मल गुरूङले एक÷एक विकेट लिए । लगातार दुई हार बेहोर्न पुगेको दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी प्रतियोगिताबाट बाहिरिएको छ । आजको जितसँगै न्यू होराइजन बुटवल दुई अङ्क सुरक्षित गरेको छ ।
तीन विकेट लिएका बुटवलका तुलबहादुर थापा नवजीवन सहकारी संस्था ‘प्लेयर अफ द म्याच’ घोषित भई रू दश हजारसहित ट्रफी पाए ।