२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हालै सामाजिक सञ्जालमा सेयर गरेको गीतको क्लिपमार्फत सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१को विरोध जनाएका छन्।
मेयर शाहले आफ्नो ‘बलिदान’ एल्बमका ‘मलाई बोल्न दे’ नामक गीतको एक अंश सेयर गर्दै उक्त विधेयकको आलोचना गरेका हुन्।
शाहको सचिवालयका अनुसार, उनले गीतको माध्यमबाट सरकारको वाक स्वतन्त्रता सीमित गर्ने कदमको विरोध जनाएका छन्। सचिवालयका एक सदस्यका अनुसार, मेयर शाहले बोल्न नदिने ऐनको विरोध गर्दै, सरकारको निर्णयको बिरोधमा उक्त गीतको क्लिप सेयर गरेको बताएका छन्।
यसबारे शाहले अघिल्लो वर्ष पनि “गरिबको चमेली” गीतको क्लिप सेयर गरेर जनमत संग्रह गरेका थिए, जुन पनि भाइरल भएको थियो। नयाँ गीतको क्लिपको सेयर सँगै, उनले सामाजिक सञ्जाल विधेयकको विरोधको स्वरूपलाई अझ स्पष्ट गरेका छन्।
यस्तो छ उनको गीतको केही अंश:
‘मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा…’
हेनुस् उनले सेयर गरेको गित
https://www.facebook.com/balenOfficial/videos/1635342963766258