१ फागुन, काठमाडौं । नेकपा(नयाँशक्ती)को अध्यक्षबा डा बाबुराम भट्टराई र उपाध्यक्षमा आफ्नै छोरी मनुषी यमी भट्टराई निर्बाचित भएका छन् ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य गरी भूमिगत जनयुद्द्दमासमेत होमिएका उनले आफैं पार्टी अध्यक्ष भई नयाँ शक्ती पार्टी खोलेका थिए भने उपेन्द्र यादवसंग एकता गरेर नयाँ पार्टी बनाएका भएपनि पुनः फुटका कारण नेसपा(नयाँशक्ती) नामक पार्टी खोलेका थिए ।
उनी अध्यक्ष भएको पार्टीको पहिलो अधिवेशनमा आफ्नी छोरीलाई उपाध्यष बनाउँदै डा भट्टराई पुनः अध्यक्षमा विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो।
पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिए ।
दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर, उमेश शाह पनि उपाध्यक्ष बनेका छन् । यसैगरी कोषाध्यक्षमा निबिरोध निर्बाचित भएका थिए । नेसपा नयाँ शक्तीको ९९ सदस्यीय केन्द्र्रीय कार्यसमिति छ । उपाध्यक्षमा निर्बाचित बनेकी मनुषी यमी पुूर्व प्रधानमन्त्री डा बाबुराम भट्टईकी एक्ली सुपुत्री हुन् भने मन्त्री बनिसकेकी हिशिला यमी भट्टराईलाई पनि कुनै पद आउने निश्चित नै हुनुपर्छ । डा भट्टराईको नयाँशक्ती पद परिवारको वरिपरि घुमाउनमै ब्यस्त देखियो, नयाँ शक्ती पनि नयाँ बोतलमा पुरानो रक्सी नै भयो भन्ने राजनीतिक टिका टिप्पणी रहेको छ ।
