समाचार

कौण्डिन्य महासमाजको बनभोजको अन्तिम तयारी सम्पन्न, निलाम्बर-शम्भूजीत बास्कोटादेखी, अग्नि साप्कोटासम्मलाई निमन्त्रणा

२ फागुन, काठमाडौँ । कौण्डिन्य गोत्रीय महासमाजको वनभोज तथा अन्तरकृया अन्तिम चरणमा पुगेको छ । भोली फागुन ३ गतेका लागि तय गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको बताईएको छ । आज महासङ्घका संस्थापक अध्यक्ष पनौतीबाट बनभोजमा भाग लिन काठमाडौं आईसकेका छन् भने पूर्व प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीलाई प्रमुख अतिथीमा कन्फर्म गरिएको समाजका केन्द्रीय अध्यक्ष एवम् बनभोज एवं अन्तरकृया कार्यक्रमका संयोजक बाबुराम आचार्यले जानकारी दिए । केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले
कौण्डिन्य गोत्रीय बन्धुहरूले कुपन नकाट्नुभएको भए बनभोज स्थलमा नै अाएर पनि कुपन काट्न सकिने व्यवस्था भएको जानकारी दिए ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिवसमेत रहेका वरिष्ठ अधिवक्ता डा शुभनराज आचार्यले कुपन काट्दै काठमाडौँमा उपलब्ध सबै थरका कौण्डिन्य गोत्रीय बन्धुहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरे । यसै गरी पराजुली समाजका केन्द्रीय अध्यक्ष विश्वम्भर कृष्ण पराजुलीले कौण्डिन्य गोत्रीय बन्धुहरूको वनभोजका कारण पराजुली समाजको बनभोजलाई फागुन १० गतेका लागि तय गरिएको बताए । 

वनभोजका लागि बाँसकोटा समाजका तर्फबाट प्रतिनिधित्व गरेकी मिना कुपन काट्दै बाष्कोटा समाजको प्रतिनिधित्व कार्यक्रममा प्रभावकारी रूपमा रहने बताइन् । वरिष्ठ अधिवक्ता एवं उपाध्यक्ष विष्णु प्रसाद बाँस्कोटाले महासमाजको वनभोज कार्यक्रममा कम्तीमा एक हजार बन्धुहरूको उपस्थिति रहनुपर्ने विचार व्यक्त गरे । 

वनभोज तथा भेटघाट कार्यक्रममा पूर्व सभामुख अग्नि सापकोटा, नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, सङ्गीतकार सम्भूजीत बाँस्कोटा, पूर्व मन्त्री नीलाम्बर आचार्य, पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्व मुख्यमन्त्री भीम प्रसाद आचार्य, पूर्व मन्त्री सुरेन्द्रराज आचार्य, सांसद गणेश पराजुली पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व मन्त्री हरिप्रसाद पराजुली, सांसद गणेश पराजुली,  शोभाकार पराजुली, व्यावशायी अजय सुमार्गी पराजुली, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति  धर्मकान्त बास्कोटालगायत, पूर्व राज्यमन्त्री दीपक प्रकाश बास्कोटा, पूर्वमन्त्री हरि प्रसाद न्यौपाने, पूर्व मन्त्री बद्री न्यौपाने, पूर्व मन्त्री कमला न्यौपाने, पूर्व मन्त्री मुकुन्द न्यौपाने,  पूर्व सांसद बलराम बास्कोटा, पूर्व  अर्थ सचिव कृष्णहरी बाँस्कोटा, सभासद मुक्ती प्रसाद पाठक, साँसद ठाकुर गैरे, लगायत कौण्डिन्य गोत्रीय बन्धुहरूलगायत विशिष्ट बन्धुहरूलाई निम्ता गर्ने महासमाजले जनाएको छ ।  थप जानकारी लागि www.Kaugmas.org लग अन गर्न महासमाजले आह्वान गरेको छ ।

महासमाजमा कौण्डिन्य गोत्रीय थरहरुको ब्यापक उपस्थिति रहने अनुमान महासमाजले गरेको छ । मन्त्रालयका सचिवहरु, पूर्व सचिवहरु, प्रहरी तथा पूर्व प्रहरीहरुको व्यापक उपस्थिति रहने बताईएको छ ।

कौण्डिन्य महासँघको वनभोज फागुन ३ गते बालाजुमा, विशिष्ट व्यक्तिसहित एक हजारको उपस्थिति हुने दाबी