समाचार

कौण्डिन्य महासमाजको ५४ थर सम्मिलित बृहत बनभोज तथा भेटघाट सम्पन्न

३ फागुन, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाज केन्द्रीय समितिको आयोजनामा काठमाडौंको बालाजुस्थीत २२ धारा पार्कमा भब्य रुपमा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
आज सम्पन्न कार्यक्रममा सर्बोच्च अदालतका पुर्व प्रधान न्यायधशि आदरणीय गोपाल प्रसाद परमाजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बनभोज तथा भेटघाट कार्यक्रममा व्यापक उपस्थिति रहेको महासमाजका महासचिव नारायन न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पूर्वगृहराज्यमन्त्री दिपक प्रकाश बास्कोटा, प्रा. डा. ज्ञानेश्वर पराजुलीलगायत बिशिष्ट ब्यक्तीहरुको बाक्लो उपस्थिति थियो ।

महासमाजका अध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम आचार्य सामाजिक संजालमा धन्यबाद दिँदै भनेका छन्,

‘‘बनभोज सफल बनाउन लागिपर्ने सबैप्रति हार्दिक धन्यबाद, आभार !

आजको ५४ वटा थर सम्मिलित बनभोज तथा भेटघाट कार्यक्रम सफल बनाउन खट्नुहुने १८ थरका आदरणीय बनभोज तयारी समितिका बन्धुहरु, कार्यसमितिका पदाधिारी तथा सदस्य ज्युहरु, सहसमाजका अध्यक्ष, पदाधिकारी एवम् सदस्य ज्युहरु, महासमाज तथा सहसमाजका प्रदेशीक अध्यक्ष तथा पदाधिकार ज्युहरु, महासमाज तथा सहसमाजका जिल्ला सभापति–पदाधिकारी तथा सदस्य ज्यूहरु, पालीका समितिका पदाधिकारी तथा सदस्य ज्युहरु, सल्लाहकार ज्युहरुलगायत उपस्थित सम्पूर्ण कौण्डिन्य गोत्रीय बन्धुहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु, सबैको सहयोग तथा सहभागीताका कारण आजको बृहत बनभोज तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
महासमाजका पदाधिकारी तथा सदस्य अनि बनभोज तयारी समितिका सदस्य ज्युह कसैका तर्फबाट जानी वा नजानी कुनैपनि प्रकारको गल्ती भएको भए कौण्डिन्य गोत्रीय महासमाजको अध्यक्ष तथा बृहत बनभोज तथा भेटघाट कार्यक्रमको संयोजकका तफृबाट क्षमा माग्न चाहन्छु ।
आजको आचार्य, न्यौपाने, पराजुली, साप्कोटा, बास्कोटा, प्याकुरेल, लकाईं खड्का, बञ्जारा, बञ्जाडे, पनेरु, गैरे, पाठक, सत्याल, मराशिनी, त्रिताल, गाग्ले थापालगायत सबै कौण्डिन्य गोत्रीय बन्धुहरुको व्यापक उपस्थितिले बनभोज तथा भेटठघाट कायृक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । यसको थप आउँदो कार्यसमिति बैठकले पनि थप मूल्याँकन गर्ने नैछ ।
यहाँहरुको अक्षयकोषप्रति देखाएको चासोलेसमेत महासमाजलाई अगाडी बढ्न थप प्रेरणा मिलेको छ भने प्रमुख अतिथीको रुपमा उपस्थिति हुनुभएका सर्बाेच्च अदालतका पूर्व प्रधान नयायधीश गोपाल पराजुलीको उपस्थितिले मनोवल बढेको छ । तर्क वितर्क, छलफलहरु गर्दै कार्यसमितिले निर्णय गरेबमोजीम बिस्तारै हामीले महासमाजको बिधान संसोधनलगायतका कार्यहरु गर्दै जानेछौं । धन्यबाद, जय कौण्डिन्य ।

बाबुराम आचार्य
अध्यक्ष तथा बनभोज तयारी समिति संयोजक
कौण्डिन्य गोत्रीय महासमाज
केन्द्रीय कार्य समिति’’