४ फागुन, काठमाडौँ । त्रिभुवन बिश्वबिद्यालय (त्रिवि) स्ववियु निर्वाचन २०८१ सम्बन्धी गम्भीर बिबाद उत्पन्न भएको भन्दै स्वतन्त्र बिद्यार्थी युनियनले आज एक बिज्ञप्ति जारी गरेको छ ।
स्ववियुले बिज्ञप्तिमा स्ववियु निर्वाचन निर्देशिका २०८१ बिपरति निर्णय लिईएको आरोप लगाईएको छ ।
स्ववियु पदाधिकारीहरुले नियम बिपरित चुनाव गराउने प्रयास भईरहेको दावी गर्दै त्रिविले गरेका निर्णय सच्याउन माग गरेका छन् । साथै, त्रिवि सभा बैठक तत्काल नराखे पदाधिकारीहरुमाथि बिश्वबिद्यालयमा प्रवेश निषेध गर्ने चेतावनी समेत दिईएको छ ।
