अन्तर्राष्ट्रिय

पाकिस्तान डिजिटल युगतर्फ अग्रसर : मन्त्री इकबाल

६ फागुन, इस्लामावाद । पाकिस्तानको योजना तथा विकास मन्त्री अहसान इकबालले देश ५जी प्रविधि अपनाउन पूर्ण रूपमा तयार रहेको बताएका छन् । यसले देशको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना छ ।

एक सेमिनारलाई सम्बोधन गर्दै मन्त्रीले भने,“हामी हाइपर–कनेक्टेड युगमा प्रवेश गर्यो । यो औद्योगिक रूपान्तरण र आर्थिक वृद्धिको लागि उत्प्रेरक हो । साथै पाकिस्तानको भविष्यलाई पुनः आकार दिने अवसर हो ।”

“पाकिस्तान डिजिटल पूर्वाधार निर्माण गर्न तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरू अपनाउन प्रतिबद्ध छ । सरकारले देशमा नयाँ प्रविधि र डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्न प्रयास गरिरहेको छ ।”

“ई–पाकिस्तान हाम्रो राष्ट्रिय डिजिटल रणनीतिको एक हिस्सा हो । हामी ई–सेवाहरू विस्तार गर्न र एक स्मार्ट पाकिस्तान सिर्जना गर्न काम गरिरहेका छौं, जहाँ प्रविधि सार्वजनिक सेवा वितरण र आर्थिक वृद्धिको आधार बन्छ,” उनले बताए ।

पाकिस्तानमा जनसङ्ख्याको ६० प्रतिशत ३० वर्ष भन्दा कम उमेरको छ । मन्त्रीले कृषि र स्वास्थ्य क्षेत्रको सुधारमा ५जी प्रविधिको भूमिका रहेको बताउँदै यसले कुनै पनि क्षेत्र पछाडि नछाड्ने गरी दूर शिक्षा, वित्तीय समावेशीकरण र इ–कमर्स विस्तारलाई समेत सक्षम बनाउने बताए ।