राजनीति

महामन्त्री थापा भन्छन् : अबको चुनावमा घोषणापत्र होइन ५ वर्षमा गरिएका कामको परिणामपत्र लिएर जानुपर्छ  

७ फागुन, काठमाडौँ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा जाँदा यो पाँच वर्षमा केके काम गरियो त्यसको परिणामपत्र बनाएर जानु पर्ने बताएका छन्। आज पाल्पा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले घोषणापत्र नभई परिणाम पत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका हुन्। 

उनेले अब हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जाने हो भन्दै यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जानु पर्ने बताए। 

वर्षमा गरिएका कामको रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा हिजो काँग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने थापाको भनाइ थियो ।  

थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताउदै कांग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

‘अनि ८१/८२/८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुर्नस्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’

बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने बताए ।