राजनीति

मैले देशमा दुई दलीय व्यवस्था हुनुपर्ने भनेको छैन, आरोप खेप्नुपर्‍यो: महासचिव पोखरेल

७ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले देशमा दुई दलीय व्यवस्था हुनुपर्ने कहिले पनि वकालत नगरेको बताएका छन् । एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधवार कपिलवस्तु पुगेका महासचिव पोखरेलले आफूले दल खोल्न प्रतिबन्ध लगाउनुपर्ने कुरा नगरेको स्पष्ट पारेका हुन्। 

‘मैले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नुपर्‍यो,’ उनले भने, ‘म दल खोल्न निषेधको पक्षमा कहिल्यै थिइनँ । मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’

उनले थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्ने बताउँदै भने ‘जनताको बिचमा गएर चुनाव जितेर आउनेलाई सत्ता चलाउन कसैले बन्देज लगाउन सक्दैन । अब राजनीतिक खुद्रा पसल भने आवश्यक छैन।’

महासचिव पोखरेलले पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा  साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको बताउँदै आएका थिए ।