१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ। ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज शनिबार पनि जारी रहेको हो।
बैठकमा यसअघि स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
पोलिटब्युरो बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश र समसामयिक प्रस्ताव पारित गरेको थियो।