समाचार

भोज खाने क्रममा विवाद सुरु हुदाँ एक युवकको हत्या

१० फागुन, काठमाडौँ । बिबाहमा भोज खान गएका एक युवकको बाजुरामा हत्या भएको छ । भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । उनी बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् ।

बिहेमा भोज खाने क्रममा एकआपसमा झगडा सुरु हुदाँ कुटपिट भएर हत्या भएको प्रहरिले जनाएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका-७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको स्रोतले जनाएको छ ।