१६ फागुन,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन।
उक्त बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशनको बारेमा छलफल हुने छ । काँग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । आजको बैठकमा संसदमा पेस भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने भनिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसद्को प्रक्रियामा अहिलेसम्म लगिएको छैन।शीर्ष नेताको बैठकमा अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ ।