राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो २ बस्ने 

१८ फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् । 

आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले ल्याएको ६ वटा अध्यादेश अन्योलमा रहेको बेला एमालेको सचिवालय बैठक बस्न लागेको हो।