१८ फागुन, काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी घाइते भएका छन्।
स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको प्रदर्शनका क्रममा झडप हुँदा डिएसपी गंगा पौडेल घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रदर्शनमा घाइते भएका डिएसपी पौडेलको टाउको चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ।